Search This Blog

Tuesday, November 28, 2017

विस्फोटका घटनाप्रति काँग्रेसको निन्दा

काठमाडौँ, १२ मंसिर – नेपाली काँग्रेसले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्षनेताहरु सम्मिलित दाङको तुलसीपुरमा आयोजित चुनावीसभालाई लक्षित गरी बम विस्फोट भएकोमा त्यसको निन्दा गरेको छ । सभास्थल भन्दा २०० मिटर टाढा तुलसीपुर उपमहानगरपालिकाको व्यस्त बजार तुलसी बोर्डिङ स्कूल नजिकै बम विस्फोट भएको थियो । उक्त विस्फोटमा परी एक म्यादी प्रहरीसहित आठजना घाइते भएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा लोकतन्त्रप्रतिको उर्लंदो अपार जनसागरबाट अत्तालिएर लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटना गराएको जनाइएको छ । नेता एवम् कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको उक्त क्रियाकलाप र आक्रमणप्रति निन्दा र भत्र्सना गर्दै काँग्रेसले घटनाले शान्तिपूर्ण एवम् निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन भएकाले घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरिएको छ ।

No comments:

Post a Comment